संखुवासभामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

संखुवासभा । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा एक चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोरखा नगरपालिका –४ का २२ वर्षीय ट्रक चालक मिलन मग्राती रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिनुभयो ।

तुम्लिङटारबाट वीरगञ्‍ज जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । आज बिहान ७ बजे प्र.२०३००१ख ४३० नम्बरको ट्रक दुर्घटना खाँदबारी–९ सभाखोला नजिकै भएको हो।

ट्रक मकालु गाउँपालिका–५ को नुममा सिमेन्ट पुर्‍याएर बिहान वीरगञ्‍ज फर्कंदै गर्दा सभाखोला नजिकैको घुम्तीमा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरी निरिक्षक अधिकारीले बताउनुभयो ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। मृतक मग्रातीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

Back to top button