गोर्खा सैनिकको भर्नाबारे चाँडै टुङ्गोमा पुर्‍याउनुपर्छः माधवकुमार नेपाल

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गोर्खा सैनिक भर्नाबारे टुंगोमा पुर्‍याउनुपर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले भूपू गोर्खा सैनिकको समस्या समाधानलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

‘यो ब्रिटिस सरकारले दिने पेन्सन र अरु सुविधाको कुरा मात्र होइन,’ उहाँले भन्नुभयो, ‘गोर्खा सैनिकको भर्नाबारे पनि टुंगो गर्नुपर्छ ।’

उहाँले जुन देशसँग सम्झौता गरिन्छ त्यो देशमा श्रम वा सुरक्षामा पठाउने सकिने भन्दै नेपालीहरुलाई भर्ना गर्ने, अन्य देशमा पठाउने र बीचको फाइदा खाने स्थितिको अन्त्य गर्नुपर्छ ।

नेता नेपालले १९४८ को सम्झौताको अर्थ नरहेको भन्दै नयाँ सम्झौता गर्नुपर्नेमा समेत जोड दिनुभएको छ ।

Back to top button