वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते एकै चरणमा देशैभर स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको हो ।

जेठ ४ गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरिन लागेको चर्चा भए पनि मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते चुनाव गर्ने निर्णय गरेको छ ।

आयोगसँग परामर्श गरेरै सरकारले वैशाख ३० गते चुनाव गर्ने गरी मिति घोषणा गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनु भयो ।
मन्त्रिपरिषद्को बैठक भने जारी नै छ ।

Back to top button