मोरङका दुई स्थानीय तहमा संकटकाल घोषणा

विराटनगर । संघीय सरकारले मोरङका दुई स्थानीय तहमा संकटकाल घोषणा गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले मोरङको ग्राथान–१ खुनियाकट्टा र बूढीगंगा–५ मा फैलिएको बर्डफ्लू रोक्न संकटकाल घोषणा गरिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले बर्डफ्लु नियन्त्रण गर्न एक साताका लागि संकटकाल घोषणा गरिएको जानकारी दिनुभयो । पशुसेवा विभागले माघ १६ गते उक्त क्षेत्रमा पालिएका कुखुराको नमूना परिक्षण गर्दा बर्डफ्लू पुष्टी भएको थियो ।

विभागका निमित्त महानिर्देशक लेखराज दाहालले केन्द्रीय पशुपन्छी अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पीसीआर विधिबाट परिक्षण गर्दा बर्डफ्लू पुष्टी भएको जनाउनु भयो । बर्डफ्लू पुष्टी भएपछि सोही स्थानमा र अन्य स्थानमा थप संक्रमण फैलन नदिन मन्त्रीपरिषद् बैठकले संकटकाल घोषणा गरेको हो ।

                                                                                                                                                           रातोपाटीबाट

Back to top button