८४ जना वालवालिकालाई इटहरी उपमहानगरपालिकाद्धारा कपडा वितरण

इटहरी  । इटहरी उपमहानगरपालिकाका दुईवटा वालविकास केन्द्रका ८४ जना वालवालिकालाई इटहरी उपमहानगरपालिकाद्धारा कपडा वितरण गरिेको छ ।  लोकतान्त्रिक वालविकास इटहरी १७ र श्रृजनशील वालविकास इटहरी १६का वालवालिकालाई हिजो र आज उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले नयाँ कपडा वितरण गर्नुभएको हो । सरस्वती पूजाको अवसर पारेर हिजो र आज कपडा वितरण गरिएको हो । पर्वका वेला वालवालिका नयाँ लुगा लगाउन चाहन्छन  विपन्न परिवारका वालवालिकाको रहर उपमहानगरपालिकाले पूरा गरेको उपप्रमुख गौतमले वताउनुभयो ।

Back to top button