कमल थापाद्धारा राप्रपा परित्याग

काठमाडौं । राप्रपाका पूर्व–अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । आज गृहजिल्ला मकवानपुर पुग्नुभएका थापाले पार्टी छाडेको घोषणा गर्नुभएको हो ।

थापाले पार्टी भित्र देखा परेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गर्ने आफ्नो चाहना सुनुवाइ नहुने देखेपछि पार्टी त्यागको अप्रिय निर्णय लिनुपरेको बताउनुभयो ।

यस्तै,राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टीमा रमाउने आफ्नो उत्कट चाहना पुरा गर्न नपाएको भन्दै उहाँले दुःख समेत व्यक्त गर्नुभएको छ ।

Back to top button