काठमाडौं उपत्यकामा थप ४ सय ५१ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय ३८, भक्तपुरमा ४३ र ललितपुरमा ७० जना संक्रमित थपिएका हुन्।

यस्तै, पहिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ । आज ५ हजार १ सय ३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ३६ हजार १ सय ८१ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घन्टामा ८ हजार ५ सय ८७ पीसीआर तथा ४ हजार १ सय ५ एन्टिजेन परीक्षण भएको छ।

Back to top button