अघिल्ला सरकारबाट भएका राजनीतिक नियुक्तिहरु खारेज गर्दै बागमती सरकार

काठमाडौं । बागमती प्रदेश सरकारले अघिल्ला सरकारबाट भएका राजनीतिक नियुक्तिहरु एक साताभित्र खारेज गर्ने भएको छ । बुधबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रक्रिया टुङ्ग्याएर एक साताभित्रै विगतका सरकारले गरेका राजनीतिक नियुक्तिहरु खारेज गर्ने निर्णय भएको बताउनु भयो।

उनहाँले प्रक्रियागत विषय नटुङ्ग्याउँदा कानुनी समस्या हुने अदालती प्रक्रिया झेल्नु पर्ने भएकाले आगामी एक साता भित्रै विगतका सरकारले गरेका नियुक्तिहरु खारेज गर्ने बताउनु भयो । उहाँले नियुक्तिहरु खारेज गर्नेका लागि आवश्यक टिप्पणी उठाएर गर्नु पर्ने भएकाले त्यस तर्फ काम गर्न पनि सम्बन्धित निकायलाई निर्देशन भइसकेको बताउनु भयो ।

विगतका सरकारले मन्त्रिपरिषद्बाट गरेका नियुक्तिहरु खारेज गर्न टिप्पणी उठाएर बैठकमा पेश गर्न र अन्य तहबाट भएका नियुक्तिहरुलाई पनि प्रक्रिया पुरा गरी टिप्पणी तयार गरि खारेज गर्ने उहाँले बताउनु भयो ।

Back to top button