राष्ट्रपति भण्डारीद्वारा सत्यमोहन जोशीको स्वास्थ्यलाभको कामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी वाङ्यमय पुरुष सत्यमोहन जोशीको स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीका तर्फबाट उहाँका संस्कृति मामिलासम्बन्धी सल्लाहकार माधव शर्मासहित सचिवालयका सदस्यहरू संस्कृतिविद् जोशी उपचाररत ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा पुगेर स्वास्थ्य लाभको कामना गर्नु भएको हो ।

बुधवारै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले पनि अस्पताल पुगेर जोशीको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको थियो ।

केही दिनअघि स्वास्थ्यमा उपचारार्थ भर्ना भएका जोशीको हाल स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँका भतिज अजर जोशीले जानकारी दिनुभयो ।

Back to top button