करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर। ट्युबेल (कल)मर्मत गर्ने क्रममा करेन्ट लागेर मोरङको रंगेली नगरपालिका–८ मा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार करेन्ट लाग्दा रंगेली–८ का ५५ वर्षीय मंगलु ताजपुरियाको मृत्यु भएको हो। स्थानीय अर्जुन दाहालको घरमा ट्युबेल मर्मत गर्दै गर्दा करेन्ट लागेर ताजपुरिया गम्भीर घाइते हुनु भएको थियो ।

उहाँको उपचारका क्रममा रंगेली अस्पतालमा साँझ ५ बजेतिर मृत्यु भएको डीएसपी श्रेष्ठले बताउनु भयो । शव पोस्टमार्टमका लागि सोही अस्पतालमा लगेर घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Back to top button