भीमदत्त राजमार्ग सञ्चालन

डोटी । स्थानीयवासीको अवरुद्धका कारण बन्द रहेको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग सञ्चालन भएको छ । उक्त राजमार्गअन्तर्गतको डोटीको जोरायल गाउँपालिका–१ गोगनपानीमा आज डडेल्धुराको आलिताल गाउँपालिका–१ भुसुका १६ वर्षीय बालक भानु नाथ मृत अवस्थामा फेला परेपछि उचित छानविनको माग गर्दै स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका थिए ।

गोगनपानी सडकमा बालक मृत अवस्थामा फेला परेपछि स्थानीयवासीले गरेको राजमार्ग अवरुद्ध अहिले सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दकर्तासँग घटनाको निष्पक्ष छानविन गर्ने सहमति भएपछि राजमार्ग खुलाइएको हो । मृतकको शवपरीक्षणका लागि अस्पताल पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

Back to top button