मुलुकभन्दा ठूलो गठबन्धन होईन:चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले मुलुकभन्दा ठूलो गठबन्धन नभएको बताउनु भएको छ । एमसीसीविरुद्धमा बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रतिगमनका विरुद्ध गठबन्धन बनाइएको भन्दै मुलुकभन्दा ठूलो गठबन्धन हुन नसक्ने बताउनु भयो ।

उहाँले जनमोर्चाले गठबन्धन जोगाउन भन्दा मुलुकलाई जोगाउन लागि पर्ने समेत बताउनु भयो । अहिले संसद् र न्यायालयलाई दलहरूले ध्वस्त पार्ने काम गरेको उहाँको भनाइ छ । उहाँले एमसीसीलाई पत्र लेखेर राजनीतिक दलका नेताहरूले बेठिक काम गरेको समेत बताउनु भयो ।

एमसीसीका नाममा नेपालमा अमेरिकी साम्राज्यवादले शासन गर्न खोजेको भन्दै यस विषयमा राजनीतिक दलहरू गम्भीर हुनुपर्ने उहाँको भनाइ छ ।

केसीले एमसीसीमार्फत अमेरिकाले नेपाललाई चीन विरोधी अखडा बनाउन खोजिएको र नेपालको जलस्रोतलाई कब्जा गर्न खोजेको जिकिर समेत गर्नु भयो ।

Back to top button