आज देउवा निर्वाचित भएपछिको पहिलो कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पहिलो पटक बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कांग्रेसका म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

१४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि पहिलोपटक कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।

यस्तै, कार्यसम्पादन समितिको बैठकको तयारीका लागि गत मङ्गलबार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाबाहेक पदाधिकारीबीच पार्टी केन्द्रीय कार्यालयमा र हिजो सभापति देउवासहित प्रधानमन्त्री निवास बालुवाटारमा सबै पदाधिकारीबीच आन्तरिक छलफल भएको थियो ।

कांग्रेसले माघ १४ गते ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो ।

Back to top button