जन्ती बोकेको ट्याक्ट्रर दुर्घटना, १ जनाको मृत्यु १९ जना घाइते

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– १६ रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । १९ जना घाइते भएका छन्।

रातापानीबाट बिहेको जन्ती लिएर जाँदै गरेको प्र २–०१–००१ त १०९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहान मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ७ नागबेलीको जंगलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

दुर्घटनामा त्रियुगा नगरपालिका– १४ का १९ वर्षीय मिलन मग्रातीको घटनास्थलमै ज्यान गएको उदयपुर प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था र थप विवरण आउन बाँकी रहेको छ।

Back to top button