काठमाडौं महानगरमा एमालेले जित्ने मेयर विद्यासुन्दरको दावी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी स्थानीय तह निर्वाचनमा पनि काठमाडौंमा नेकपा एमाले विजयी हुने दाबी गर्नुभएको छ ।

आज काठमाडौं महानगरपालिका–२१ गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीले जसलाई उम्मेदवार बनाए पनि निर्वाचन जित्ने गरी तयारी अवस्थामा रहेको बताउनुएको हो ।  उहाँले घुमाउरो पारामा फेरी पनि पार्टीले जिम्मेवारी दिए मेयरको उम्मेदवार बन्नसक्ने संकेत गर्नुभयो ।

उहाँले भन्नुभयो,‘अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौँ । म एउटा पार्टीको कार्यकर्ता हो । पार्टीले आवश्यकताअनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो । महानगरवासीको चाहना बुझेर पार्टीले जिम्मा दिए काम काम गर्न तयार नै छु ।’

मेयर शाक्य २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित भएका हुनुभएको थियो । मेयर शाक्यले महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सम्पदालाई संरक्षण, संवर्द्धन र पर्यटनसँग जोड्ने काम महानगरको भएको बताउनुभयो ।

Back to top button