कमल थापालाई पार्टीमा फर्किन पूर्व अध्यक्ष जबराको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्षपशुपति शम्शेर जबराले कमल थापाले पार्टी त्यागको घोषणा गर्नु अनपेक्षित रहेको बताउनुभएको छ ।

आज केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वअध्यक्ष राणाले कमल थापा पार्टीमा चाँडै फर्किने विश्वास समेत व्यक्त गर्नुभयो ।

धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरेको स्मरण गर्दै राणाले भन्नुभयो, ‘हाम्रो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ । अपर्झट निर्णय आयो, दुःख लाग्दो कुरा हो ।’

तीनै चरणको निर्वाचनमा गम्भीर भएर सोच्नुपर्ने भन्दै उहाँले थापालाई पुनः पार्टीमा फर्किन आग्रह समेत गर्नुभएको छ ।

Back to top button