तुलसीपुरमा भीषण आगलागी, मानवीय क्षतिको आशंका

दाङ। दाङको तुलसीपुरस्थित जुत्ता चप्पलको गोदाममा मध्यरातमा लागेको आगो बिहान साढे ६ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बिहान साढे ६ बजेसम्म पनि आगो पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन ।

तुलसीपुर उपमहानगरपालिका( ५ ‘ङ’ लाईनस्थित ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चार तले घरमा भएको आगलागीमा परि भित्रै केही मानिस फसेको आशंका भइरहेको छ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी सबै कसरी भित्र प्रवेश गर्ने भनेर उपाय खोजिरहेको प्रहरीले जनाएको छ ।

बिहान पौने दुई बजेतिर गस्तीको प्रहरीले आगो लागेको देखेको थियो। घर धनी काठमाडौंमा बस्ने हुँदा उक्त गोदाम कसको हो भन्ने कुरा पनि अहिलेसम्म नखुलेको डिएसपी अर्यायलले जानकारी दिनुभयो।

तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालका अनुसार उक्त जुत्ता चप्पलको गोदाम मुस्लिम समुदायका ब्यक्तिले सञ्चालन गर्दै आएका थिए। तर, भित्र को को छन् परे भन्नेबारे अझैं अन्यौंल रहेको बताउनु भयो ।

अहिले इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिन प्रयास गरिरहेका छन्।

पहिलो तलाबाट सुरु भएको आगो चौथो तलासम्म पुगेको छ। तेस्रो तलासम्मको आगो नियन्त्रण लिए पनि चौथो तलाको नियन्त्रणमा आइसकेको छैन।

‘बाहिर सोरूम जस्तो छ र भित्र गोदाम रहेछ,’ डिएसपी अर्यालले भन्न्ुभयो, ‘चप्पलरजुत्तामा लागेको आगो जति प्रयास गर्दा पनि नियन्त्रणमा लिन गाह्रो भइरहेको छ।

विद्युत मिटर पड्किदा आगलागी भएको प्रहरीले आशंका गरेको छ।

Back to top button