कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको दोस्रो दिनको बैठक सुरु भएको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा बैठक सुरु भएकोे पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी गराउनुभयो । बैठकमा औपचारिक रुपमा ९ वटा विषय छलफलका लागि प्रस्ताव गरिएको छ।

एमसिसी छलफलको कार्यसूची नभए पनि नेताहरुले त्यसबारे आफ्नो धारणा हिजोको बैठकमा राखेका थिए। कांग्रेसका सबै नेता एमसिसी अनुमोदन गर्नुपर्ने पक्षमा उभिएका छन्।

बैठकमा म्याद सकिएका भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन र बाँकी रहेका जिल्लाहरुको अधिवेशनको सम्बन्धमा छलफल भइरहेको छ। बैठकमा स्थानीय तहको निर्वाचनबारे पनि छलफल भएको छ।

Back to top button