‘सुनन’ गीत सार्वजनिक

काठमाडौं । प्रणय दिवस नजिकिँदै गर्दा प्रेमिल शैलीका गीत सार्वजनिक हुने क्रम बढ्न थालेका छन् ।

यसै क्रममा गायक प्रदीप धमलाले पनि नयाँ गीत ‘सुनन’ भिडियो सहित सार्वजनिक गर्नुभएको छ । युवाको प्रेम र आकर्षण देखाउन खोजिएको भिडियोमा सविता कुटु र गायक धमलाको अभिनय देख्न सकिन्छ ।

गीतमा गायक धमलाकै शब्द र संगीत छ । यस्तै, शिवम् रसाइलीको संगीत संयोजन रहेको गीतको भिडियोमा अनिल कटुवालको छायाँकन तथा सम्पादन छ । भिडियोमा ‘द डान्स सोर्स’ समूहको समेत प्रस्तुति देख्न सकिन्छ ।

Back to top button