झापामा आगलागीबाट दुई घर नष्ट, दमकल नपुगेको आक्रोशमा स्थानीयद्धारा प्रदर्शन

बिर्तामोड । झापाको मेचीनगर नगरपालिका क्षेत्रमा लगातार आगलागी घटना भए पनि मेचीनगर नगरपालिकाको दमकल बिग्रेको अवस्थामा राखिएको भन्दै स्थानीयबासी आन्दोलित भएका छन् ।

मेचीनगरबासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन् । आज मेचीनगर ६ काँकडभिट्टामा दुईवटा घर जलेर नष्ट भएपछि स्थानीय आन्दोलित भएका हुन ।

आगलागीबाट भानु टोलका नारायण तिम्सिना र पासाङ तामाङको घर जलेर नष्ट भएका छन् । आगलागी भएको खबर गर्दा समेत आगो निभाउन मेचीनगरको दमकल घटनास्थल नपुगेपछि स्थानीय आक्रोशित भएका हुन् । मेचीनगरको दमकल एक महिनादेखि बिग्रेर ग्यारेजमा थन्किएको छ ।

Back to top button