सभामुखद्धारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबिरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सभामुख अग्निप्रसाद सापकोटाले भोली दिउँसोको लागि सर्वदलीय बैठक बोलाउनुभएको छ ।

सभामुखको सचिवालयका अनुसार भोली दिउँसो २ बजेका लागि सर्वदलीय बैठक बोलाइएको हो । प्रधानन्यायाधीश राणाबिरुद्ध प्रतिनिधिसभाका १ सय १ जना सांसदहरुले बिहान संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि सभामुख सापकोटाले बैठक बोलाउनुभएको सचिवालयले जानकारी दिएको छ।

Back to top button