प्रधानन्यायाधीविरुद्धको महाअभियोग प्रस्ताव, निर्वाचन टार्ने षणयन्त्रः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव दर्ता गरेर गठबन्धनले चुनाव टार्ने षणयन्त्र गरेको आरोप लगाउनुभएको छ ।

गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का ९८ सांसदहरूले हस्ताक्षर गरेर आज महाअभियोग प्रस्ताव दर्ता गराएपछि प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले एमाले चुपचाप लागेर बसेको ठाउँबाट गठबन्धनले ढुंगा हान्ने काम गरेको बताउनुभएको छ ।

अध्यक्ष ओलीले महाअभियोगको सिलसिलाको बिजारोपण गरेर सत्तापक्षले राज्यका अंगहरूलाई नियन्त्रण गर्ने र प्रतिपक्षसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको पनि बताउनुभयो ।

‘महाअभियोग प्रस्ताव अत्यन्त हानिकार, अनुचित र अनुत्तरदायी काम हो,’ उहाँले भन्नुभएको छ । सत्तापक्ष र प्रतिपक्षबीच तनाव काम भइरहेकाबेला सत्तापक्षबाट भएको कदम स्वीकार्य नहुनेसमेत उहाँले बताउनुभयो ।

Back to top button