प्रधानन्यायाधिश विरुद्ध महाअभियोग प्रस्ताव दर्तापछि एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

एमालेले काठमाडौं उपत्यका बाहिर रहेका सबै सांसदहरूलाई काठमाडौं बोलाएको छ । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार, भोलि बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक बस्नेछ ।

सत्तारुढ दलहरूले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएको बारे निर्णय लिन संसदीय दलको बैठक एमालेले बोलाएको हो ।

Back to top button