स्काउट मास्टर्सलाई ईन्टरनेट सुरक्षा र सावधानी सम्बन्धि तालिम

विराटनगर । प्रदेश स्काउट कार्यालय, प्रदेश १ ले इन्टरनेट सुरक्षा र सावधानीका विषयमा स्काउट मास्टर्सलाई लक्षित गर्दै तालिम सञ्चालन गरेको छ ।

‘सर्फ स्मार्ट २.० टट’ नाम दिइएको तालीममा २२ जना स्काउट मास्टर्स एवं रोभर / रेन्जरको सहभागिता रहेको थियो । तालीम प्राप्त सहभागीले २२ वटा विद्यालयका ट्रुपमा कक्षा लिनुहुने आयोजकले जानकारी दिएको छ ।

पोखरीया माध्यमिक विद्यालयको सभा हलमा आयोजित कार्यक्रममा नेपाल स्काउट, प्रदेश तदर्थ समिति, प्रदेश १ का संयोजक रवी खनालको विशेष उपस्थिति रहेको थियो भने विभिन्न पालिकाका स्थानीय तदर्थ समिति संयोजकहरु, सदस्यहरु र स्काउट लिडरहरुको सहभागिता रहेको थियो ।

प्रदेश स्काउट कार्यालयका अधिकृत नवराज घिमिरेले सञ्चालन गरेको कार्यक्रममा प्रदेश सहायक कुशेश्वर राय स्वागत मन्तव्य राख्नुभएको थियो ।

Back to top button