माधव नेपालसहितका १४ जना विरुद्धको रिटको आजपनि सुनुवाई भएन

काठमाडौं । नेकपा एमालेले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखी दायर रिट निवेदनमाथि आज पनि सुनुवाइ हुन सकेन।

आफूहरूले कारबाही गरेका सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै एमालेले दायर गरेको रिट निवेदनको आज पेसी तोकिएको थियो।

लुम्बिनी प्रदेशका मुख्य न्यायाधीवक्ता कृष्ण सुवेदीलाई कोरोनाको लक्षण देखिएपछि उहाँकै निवेदनका आधारमा पेसी स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ।

न्यायाधीशहरू ईश्वरकुमार खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले आजको पेसी स्थगित गर्दै विवादित विषयबस्तुको संवेदनशीलताका दृष्टिले छिटोछरितो सुनुवाइ हुन मनासिव देखिएकाले भोलीवाहेक पेसी तोक्न आदेश गरिएको छ।

एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई पार्टीले लगाएको ह्विप उल्लंघन गरेको आरोपमा कारबाही गरेको थियो । उनीहरूलाई दलबाट निस्कासित गरे पनि सभामुख सापकोटाले पदमुक्त नगरेको भन्दै मुद्दा परेको हो । नेकपा एमालेले दर्ता गरेको र लुम्बिनी प्रदेशका सांसदमाथि भएको कारबाहीको मुद्दासमेत एकैसाथ छ।

Back to top button