एमाले संसदीय दलको बैठक शुरु

काठमाडौं । एमाले संसदीय दलको बैठक संसद भवनमा शुरु भएको छ। हिजो प्रधानन्यायाधिस चोलेन्द्र शमशेर राणा विरुद्ध सत्ता गठबन्धनका ९८ शांसदहरुले महाअभियोग प्रस्तावको सूचना संसद सचिवालयमा दर्ता गरेपछि उत्पन्न परिस्थितीबारे छलफल गर्न उक्त बैठक बोलाइएको हो।

महाअभियोग प्रस्तावप्रति आक्रोशित एमालेले दोस्रो पल्ट संशद बिघटन विरुद्ध फैसला दिएका ४ बरिष्ठ न्यायाधिश दिपक कार्की, मिरा खड्का, आनन्द मोहन भट्टराई तथा ईश्वर खतिवडा पनि महाअभियोग सम्बन्धि सूचना दर्ता गर्नेलगायतका विकल्पहरुमा बैठकमा छलफल हुने स्रोतले बताएको छ।

Back to top button