गठबन्धनले अझै अस्थिरता निम्त्याउन खोजेको छ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनले अस्थिरता निम्त्याउन खोजेको आरोप लगाउनुभएको छ ।

एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘अस्थिरताधारी शक्तिहरू, लोकतन्त्रलाई व्यवधान पुर्याउन खोजे, संविधान कार्यान्वयनमा असफल बनाउन लागिरहेका छन्।’

उहाँले पाँच दलीय गठबन्धनले राजनीतिको अस्वाभाविक कृत्रिम र अस्वाभाविक ध्रुवीकरण गराएको बताउनुभयो ।

हिजो प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठको प्रस्तावमा गठबन्धनका ९८ जना सांसदको समर्थनमा महाभियोग प्रस्ताव गर्नुभएको थियो ।

बैठकले सोही महाभियोगको प्रतिवाद गर्ने आवश्यक निर्णय लिनेछ।

Back to top button