सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ। सिंहदरबारमा जारी बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने उपस्थित छैन ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी हुनुभएको छ ।

सत्ता गठबन्धनका तीन दलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि विकसित राजनीतिक परिस्थितिबारे बैठकमा छलफल हुने बताइएको छ। एमालेले भने यसअघि नै सभामुखले बोलाएको बैठकमा सहभागी नहुने बताइसकेको छ ।

Back to top button