एमसीसी संसदमा टेबल हुन कसैले रोक्न सक्दैनः रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताउनुभएको छ ।

आज आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै उहाँले सभामुख अग्नि सापकोटाले एमसीसी रोकेर नराख्ने बताउनुभएको हो । अब एमसीसीलाई सभामुखले पनि रोकेकर नराख्ने भन्दै उहाँले पास फेल जे भएपनि संसदमा नै हुने बताउनुभयो ।

नेता पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा माथिको महाभियोग प्रस्ताव पनि स्वभाविक भएको बताउनुभयो । जबरामाथि नेपाल बार एसोसिएसन र न्यायाधीशहरूले नै प्रश्न उठाएको अवस्थामा सत्तारुढ गठबन्धनले महाअभियोग प्रस्ताव दर्ता गराउनुलाई अस्वभाविक रुपमा लिन नहुने उहाँको तर्क थियो ।

नेता पौडेलले संसद् पुनःस्थापनाको फैसला गर्ने चार न्यायाधीशमाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महाभियोग प्रस्ताव ल्याए त्यसलाई संसद्ले स्वीकार गर्न नहुने बताउनुभयो ।

Back to top button