ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

खोटाङ । खोटाङमा ट्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन्।

बिहान करिब सवा १० बजे हलेसी तुवाचुङ नगरपालिका–७ स्थित भित्री सडकखण्डमा पश्चिमतर्फ जाँदै गरेको स१त ७७३३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई पल्टिएर सडकबाट करिब ७५ मिटर तल खसेको थियो।

दुर्घटनामा परी ट्याक्टर चालक हलेसी तुवाचुङ नगरपालिका–१०, नौलापुरका १४ वर्षीय सिटामोल भनिने शेखर मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो ।

दुर्घटनामा ट्याक्टरमा सवार सवारीधनी हलेसी तुवाचुङ नगरपालिका–७ का ३२ वर्षीय नगेन्द्र राई गम्भीर घाइते हुनुभएको छ । घाइते राईलाई हेल्थ केयर मेडिकल हलेसीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

मृतक मगरको शव कानुनी प्रकृया पूरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको छ।

Back to top button