कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान बस्दै छ। बिहान ९ बजेका लागि नयाँ बानेश्वर स्थित संसद भवनको ल्होत्से हलमा बैठक बोलाइएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिनुभएको छ ।

बैठकमा विशेषगरी अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसी संसद्मा अघि बढाउने विषयमा छलफल हुने नेताहरूले बताएका छन्। संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ।

भोलिको संसद् बैठकमा एमसीसीलाई अघि बढाउने र पारित गर्ने विषयमा संसदीय दलले निर्णय गर्ने जनाइएको छ। नेपाली कांग्रेस एमसीसी पास गर्ने पक्षमा रहेको छ।

यस्तै, सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा पनि बैठकमा छलफल हुनेछ।

Back to top button