लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस मनाउँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारले आज प्रदेश स्थापना दिवस मनाउँदै छ । प्रदेशको स्थायी राजधानी दाङमा स्थापना दिवस मनाउन लागिएको हो ।

कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यान दिँदै सीमित सङ्ख्यामा सहभागी गराएर स्थापना दिवस मनाउन लागिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम केसीले जानकारी दिनुभएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालयको हाताभित्र बिहान ११ बजे देखि औपचारिक कार्यक्रम गर्दै दिवस मनाउने तयारी गरिएको छ ।

प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशससभाका सभामुख पूर्णबहादुर घर्तीसहित प्रदेश मन्त्रीहरूको सहभागिता रहने छ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ ।

Back to top button