आवश्यकताका आधारमा स्थानीय तहमा गठबन्धन हुन्छः गगन थापा

बनेपा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताउनुभएको छ ।

बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा हिजो साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्ने समेत दाबी गर्नुभएको छ ।

उहाँले कुन पालिकामा कुन दलसँग गठबन्धन गर्ने भन्ने कुरा पालिका समिति, जिल्ला कार्यसमितिलगायत जिल्ला तहबाटै तय गर्नुपर्ने बताउनुभयो ।

केन्द्रीय निर्देशन अनुसारको गठबन्धनले स्थानीय निर्वाचनमा अपेक्षित उपलब्धि प्राप्त नहुने भन्दै उहाँले स्थानीय तहको आवश्यकता अनुसार गर्नुपर्ने तर्क गर्नुभयो ।

यस्तै महामन्त्री थापाले निर्वाचन सरकारले तोकेकै समयमा हुने भन्दै भन्नुभयो, ‘कसैले हल्ला गर्दैमा नहुने हुदैन, ढुक्क हुनुस् सरकार निर्वाचन गर्न तत्पर छ ।’

उहाँले टोल समितिले पार्टी बलियो बनाउने भन्दै टोलटोलमा कांग्रेसको समिति बनाएर पार्टीलाई बलियो बनाउन निर्देशन दिनुभयो ।

Back to top button