तेह्रथुम सदरमुकाम म्याङलुङमा आगलागी

तेह्रथुम । तेह्रथुमको सदरमुकाम म्याङलुङमा आज बिहानै आगलागी भएको छ । म्याङलुङ नगरपालिका– १ केउरेनीमा आगलागी भएको हो ।

आगलागीबाट एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । आगो सुरक्षाकर्मी, स्थानीय र दमकलको सहयोगबाट आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

क्षतिको एकिन विवरण प्राप्त भइसकेको छैन भने आगलागीको कारण खुल्न सकेको छैन ।

Back to top button