कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक केहिबेर अघि सुरु भएको छ । एमसीसी र प्रधानन्यायाधीश विरुद्धको महाअभियोगबारे छलफल गर्न नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठक सुरु भएको हो ।

भोलिको संसद बैठकमा एमसीसी टेबल गर्ने सरकारको तयारीका बीच कांग्रेसले संसदीय दलको बैठकमा छलफल थालेको छ । सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट संसद सचिवालयमा दर्ता गराइएको प्रधानन्यायाधीशविरुद्ध चोलेन्द्र शम्शेर जबरा विरुद्धको महाअभियोग प्रस्तावपछिको विकसित घटना क्रमका बिषयमा पनि छलफल हुनेछ ।

Back to top button