सभामुख सापकोटाको विरोध गर्दै युवासंघले चलायो सडकमा संसद

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको विरोधमा एमाले निकट युवा संघले सडकमा विरोध प्रर्दशन गरेको छ। आज नयाँ बानेश्वरको सडकमै संसद बैठकको प्रतिकात्मक प्रदर्शन गर्दै सभामुख सापकोटाको विरोध गरेको हो।

एमालेले आफूले कारबाही गरेका गैर सांसदलाई राखेर प्रतिनिधसभा सञ्चालन गरेको भन्दै निरन्तर विरोध गर्दै सभामुख सापकोटाले राजीनामा दिनुपर्ने माग अघि सार्दै आएको छ ।

युवा संघले सांकेतिक रुपमा संसद बनाएर सभामुखविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको हो । युवा संघले ‘गैर सांसदलाई संसदमा निषेध गर, पार्टी फुटाउने षड्यन्त्र निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख राजीनामा दे, हत्यारा सभामुख राजीनामा दे’ लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन् ।

Back to top button