बोलाईयो प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । भोली बिहान ११ः३० बजे परामर्श समितिको बैठक बोलाइएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

भोली दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । त्यसअघि परामर्श समितिको बैठक बोलाइएको हो । एमसीसीमा दलहरुबीच राष्ट्रिय सहमति नबन्दा यसअघि पटक–पटक प्रतिनिधि सभा बैठक स्थगित हुदै आएको थियो ।

आज प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख सापकोटालाई फोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गर्नुभएको थियो ।

Back to top button