नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन अभियान सञ्चालन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले वैशाख ३० गते हुने निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गर्दै अभियान सञ्चालन गर्ने घोषणा गरेको हो ।

कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीको निर्वाचन घोषणापत्र सभापतिले परामर्श गरी सार्वजनिक गर्ने बताउनुभयो । कांग्रेसले स्थानीय तहको निर्वाचन अभियानमा ‘घर–घर जाऊ कांग्रेस जिताउँ’ नारा तय गर्दै फागुन २० गते देखि चैत ३० गतेसम्म निर्वाचन अभियान चलाइने महतले बताउनुभयो ।

यस्तै म्याद सकिएका भ्रातृ संस्थाको वर्तमान कमिटीलाई समेत भंग गर्ने निर्णय गरेको छ । भंग गरिएका भ्रातृ संस्थामा नयाँ कमिटी ल्याइने बताइएको छ ।

Back to top button