गठबन्धनको सरकारमा बसेर एमसिसीको विरोध गर्नेहरु तरमाराः डा. भट्टराई

विराटनगर । जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसीको विरोध गर्नेहरु गठबन्धनकै समर्थकसँग मिलेर सरकारमा बस्न नमिल्ने बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालबाट सरकारमा बसेर एमसिसीको विरोध गर्नेहरुलाई तरमाराको संज्ञा समेत दिनुभएको छ । एमसीसीको समर्थक र विरोधी एउटै गठबन्धनमा बस्न नमल्निे भन्दै उहाँले लेख्नुभएको छ, ‘सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन।’

एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन–सरकारमा बस्न नमिल्ने भन्दै ट्वीटमा लेख्नुभएको छ, ‘भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो ।’

 

Back to top button