ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदैछन् । दशरथ रंगशालामा दुई र एन्फा कम्प्लेक्समा एक खेल हुनेछन् ।

दिउँसो एक बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा साविक बिजेता मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यस खेल जिते मछिन्द्र लगातार दोस्रो पटक लिग च्याम्पियन बन्नेछ । हार या बराबरले भने लिग जित्न मछिन्द्रले अर्को खेल कुर्नुपर्नेछ । शीर्ष स्थानको मछिन्द्रको १० खेलमा २६ अंक छ । सातदोबाटो १५ अंक जोडेर छैटौं स्थानमा छ ।

सोही समय सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी फुटबल क्लब र हिमालयन शेर्पाबिच प्रतिष्पर्धा हुनेछ । आर्मी १८ अंक जोडेर लिगको तेस्रो स्थानमा छ भने हिमालयन १२ अंक जोडेर आठौं स्थानमा छ ।

तेस्रो खेलमा दशरथ रंगशालामा बिभागीय टोली नेपाल पुलिस क्लब र थ्री स्टार क्लब भिड्नेछन् । थ्री स्टार १७ अंक जोडेर चौंथो स्थानमा छ भने पुलिस १० अंक जोडेर दशौँ स्थानमा छ ।

Back to top button