आजको संसद्‌मा एमसिसी टेबल नगरिने, भोलि गठबन्धन बैठक बसेर सहमति खोजिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पनि आजको संसद् बैठकमा एमसिसी नलान सहमत हुनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘‘प्रचण्डसँगको भेटवार्तापछि प्रधानमन्त्री देउवा पनि एमसिसी संसद्‌मा नलान सहमत हुनुभएको हो ।

यस्तै देउवा र प्रचण्डबीच भोलि ३ बजे गठबन्धनका शीर्षस्थ नेताहरूको बैठक बस्ने सहमति बनेको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले बतानुभयो ।

बिहान बसेको माओवादीको संसदीय दलको बैठकले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकार र गठबन्धन दुवै छाड्ने निर्णय गरेको थियो।

Back to top button