समाजवादी प्रेस संगठनको प्रदेश १ अध्यक्षमा पोखरेल

विराटनगर । विराटनगरमा सम्पन्न समाजवादी प्रेस सङ्गठनको प्रदेश १ स्तरीय प्रथम भेलाले बन्धु पोखरेलको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको छ।

कमिटीको उपाध्यक्ष द्वयमा राजेन्द्र पोखरेल र ज्ञानु घिमिरे चयन हुनुभएको छ । यसैगरी सचिव, सहसचिव त्रय र कोषाध्यक्षमा क्रमशः भोला श्रेष्ठ, राजकुमार दाहाल, राजकुमार खाती, सुखिलाल चौधरी र रङ्गीता गजमेर चयन हुनुभएको छ ।

सदस्यहरुमा अनिता भट्टराई, जय राई, शान्तिराम नेपाल, पप्पु यादव, मुस्ताक आलम, स्वर्णिमहाङ फोम्बो, किशोर उपरकोटी, रविन्द्र चौधरी र खेम दाहाल चयन हुनुभएको छ ।

यस्तै भेलाले मोरङ जिल्ला कमिटी समेत गठन गरेको छ । मोरङ जिल्ला कमिटीको अध्यक्षमा ध्रुव भट्टराई चयन हुनुभएको छ भने उपाध्यक्षमा सन्तोष राजवंशी र सचिवमा उत्तम पोखरेल चयन हुनुभएको छ ।

सहसचिव द्वयमा मिलन अधिकारी र छविराज ढकाल तथा कोषाध्यक्षमा विमला रेग्मीलाई चयन हुनुभएको छ । सदस्यहरुमा टीकाप्रसाद गौतम, प्रदीप काफ्ले, कविता कोइराला, यशोदा कार्की, पार्वती कटुवाल, वीना ढुङ्गेल, रिया खड्का, निर्मला ढुङ्गाना, स्वस्तिका भट्टराई, विवेक न्यौपाने र निरज मल्ल रहनुभएको छ ।

Back to top button