आजको मौसमः प्रदेश १ का पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

विराटनगर । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुशार आज दिउँसो प्रदेश १ को पहाडी भूभागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

यस प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बाँकी भू–भागमा भने मौसम सामान्य रहनेछ ।

भोली देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। हाल देशमा पश्चिम न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

Back to top button