ब्राजिलको पेट्रोपोलिसमा पहिरो खस्दा कम्तिमा ७१ जनाको मृत्यु

काठमाडौं । ब्राजिलको पहाडी क्षेत्र पेट्रोपोलिसमा पहिरो खस्दा कम्तिमा ७१ जनाको मृत्यु भएको छ ।

ब्राजिलको रियो दि जेनेरियो शहरको उत्तरतर्फ रहेको पहाडी इलाका पेट्रोपोलिसमा अकस्मात आएको मुसलधारे वर्षापछिको बाढी पहिरोमा ठूलो जनधनको क्षती भएको हो ।

बाढीले दर्जनौं सवारी साधन बगाएको छ भने पहिरोमा परि सयौं घर ध्वस्त भएका छन् । भग्नावशेषमा पुरिएकाको खोजी कार्य जारी छ ।

अधिकारीहरुका अनुसार उद्धार तथा राहत कार्यलाई छिटो र प्रभावकारी बनाउन शहरमा आपतकाल घोषणा गरिएको छ । उद्धार कार्यमा सेनालाई समेत परिचालन गरिएको छ ।

Back to top button