झापामा पोखरीमा डुबेर एकजनाको मृत्यु

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका – ४ स्थित एक माछा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । स्थानीय ४९ वर्षीय सञ्चरिया ताजपुरियाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक वसन्त पाठकका अनुसार हिजो साँझ घर नजिकै रहेको माछा पोखरीमा डुबेको अवस्थामा स्थानीयले देखेपछि तत्काल उद्धार गरी उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाएका थिए।

उहाँको उपचारको क्रममा मृत्यु भएको हो। घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक पाठकले बताउनुभयो ।

Back to top button