मन्त्रिपरिषद्को बैठक दिउँसो २ बजे बस्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । सत्ता गठबन्धनको भविष्यमाथि नै प्रश्न उठिरहेका बेला मन्त्रिपरिषद्को बैठक बस्ने लागेको हो ।

यद्यपि, यो नियमित बैठक भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ। ​बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । सरकारले भोली एमसिसी संसदमा जसरी पनि टेबल गर्ने अडानबिच यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

एमसिसीमा सत्ता गठबन्धनमै मत बाझिएपछि हिजो संसदमा एमसिसी टेबल हुन सकेन। माओवादी केन्द्रले एमसिसी टेबल गरिए सरकार छाड्ने चेतावनी दिँदै आएको छ। माओवादी र एकीकृत समाजवादी अहिले एमसीसीको विरोधमा सडकमा प्रदर्शन गरिरहेको छ।

एमसिसीमा सहमति खोज्न आज बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री देउवाबीच एकघण्टा छलफल भएको थियो ।

Back to top button