निर्देशक रेशराज आचार्यको निधन

काठमाडौं । नेपाली फिल्म निर्देशक रेशराज आचार्यको ६४ वर्षको उमेरमा निधन भएको छ।

यस्तै, ‘माटो बोल्छ’, ‘बन्धन’,‘आमा’, ‘मन मुटु र माया’, ‘धर्मसंकट’ लगायतका फिल्म निर्देशन गरेका आचार्यको गएराति निधन भएको हो।

तीन दशकअघि ‘तिलहरी’बाट निर्देशकको रूपमा डेब्यु गर्नुभएको उहाँले धेरै फिल्ममा सहायक निर्देशकको रूपमा पनि काम गर्नुभएको छ । उहाँको पछिल्लो फिल्म दश वर्षअघि प्रदर्शनमा आएको ‘प्रीतिको फूल’ हो।

काठमाडौंमै बस्दै आउनुभएका आचार्यको श्रीमती र एक छोरा रहेका छन्। दुवै विदेशमा रहेकाले दाजु कृष्ण आचार्यले उहाँको अन्तिम संस्कार गर्नुभयो ।

Back to top button