त्रिविका प्राध्यापक तालाबन्दीविरुद्ध आन्दोलित

काठमाडौं । त्रिभुवन विश्व विद्यालयका प्राध्यापकहरूले नेविसंघले गरेको तालाबन्दीको विरोध गर्दै प्रदर्शन गरेका छन्।

विश्वविद्यालयका प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको २ सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै बिरोध प्रदर्शन गरेका हुन्।

तालाबन्दी समाधान होइन, समस्या हो। विश्वविद्यालयलाई तालाबन्दी मुक्त क्षेत्र बनाऊँ, अब त अति भयो, विश्वविद्यालयमा तालाबन्दी कहिलेसम्म? , विश्वविद्यालय सुधारका लागि एकजुट होऔं लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन्।

Back to top button