माओवादी, एकिकृत समाजवादी र जसपाबिच छुट्टै छलफल

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले छुट्टै छलफल गरेका छन् ।

सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो ।

उहाँहरुबीचको छलफलको विषय खुलाइएको छैन, तर अमेरिकी सहयोग परियोजना एमसिसी र सत्तारुढ गठबन्धनको भविष्यबारे कुराकानी भएको हुन सक्ने अनुमान गरिएको छ ।

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस जसरी पनि एमसिसी सम्झौता संसदमा टेबल गर्नुपर्ने पक्षमा छ । तर माओवादी केन्द्र र एकीकृत समाजवादी एमसिसी सम्झौता यथास्थितिमा संसदमा टेबल गर्न पनि नदिने पक्षमा छन् । जसपा विभाजित छ ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच विहान भएको भेटमा पनि एमसिसीलगायतका विषयमा छलफल भएको स्रोतको भनाइ छ ।

Back to top button