राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक

काठमाडौं । सरकारले राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ सर्वजनिक गरेको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच नेपालमा सन् २०३० सम्ममा एचआईभी अन्त्य गर्ने गरी राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ मन्त्रालयले सर्वजनिक गरेको हो ।

यस कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या सचिव देवीकुमारी गुरागाईंले सन् २०३० सम्ममा नेपालबाट एचआईभी अन्त्य गर्ने लक्ष्यले २०२१–२०२६ रणनीतिक योजना ल्याएको बताउनुभयो ।

उहाँले यो रणनीतिक योजनाले एचआईभी सम्बन्धि सेवामा समावेशी , समतामूलक तथा पहँुच योग्य बनाउन सहयोग पुग्ने बताउनुभयो । राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ सर्वजनिकसँगै आजदेखि कार्यान्वयनमा पनि आएको बताउनुभयो ।

सचिव गुरागाईंले रणनीतिक योजनाको लक्ष्य पूरा गर्न दातृ निकायको समेत निरन्तर सहयोग आवश्यकता रहेको बताउनुभयो । रणनीतिक योजनाको कार्यान्वयनपछि मुख्य गरी नयाँ एचआईभी संक्रमण रोकथाम गर्ने, संक्रमितको स्वास्थ्यमा सुधार ल्याउने ,एचआईभी संक्रमण न्युनिकरण ल्याउने लक्ष्य लिएको बताउनुभयो ।

Back to top button